नियम २०६
बेरुजु फछ्र्यौैट सम्बन्धी व्यवस्था
(१) स्थानीय निकायले प्रचलित कानून बमोजिम नियमित गर्न सक्ने बेरुजु आफैंले नियमित गर्नु पर्नेछ ।
(२) स्थानीय निकायले आफूले सोझै नियमित गर्न नमिली कुनै कार्यालय वा अधिकारी वा सम्बन्धित व्यक्ति वा कर्मचारी बुझी नियमित गर्न हुने बेरुजु सोही बमोजिम बुझी नियमित गर्नु पर्नेछ ।
(३) प्रचलित कानूनको रीत पु¥याउनु पर्नेमा सो रीतसम्म नपु¥याई अनियमित भएको तर हानी नोक्सानी भने भएको नदेखिएको बेरुजु स्थानीय निकायको सचिवको सिफारिसमा स्थानीय निकायले नियमित गर्ने निर्णय गर्न सक्नेछ । यसरी नियमित गर्दा हानी नोक्सानी नभएको कारण यथासम्भव स्पष्ट गर्नु पर्नेछ । स्थानीय निकायको परिषद्को बैठकमा यस सम्बन्धी सम्पूर्ण विवरण पेश गरी त्यस्तो परिषद्बाट भएको निर्देशन सम्बन्धित स्थानीय निकायले पालना गर्नु पर्नेछ ।
(४) उपनियम (१), (२) र (३) मा उल्लेख गरिएको बाहेक अन्य बेरुजुलाई नियमित गर्न स्थानीय निकायको सचिवले मनासिब कारण देखेमा र सो नियमित गर्न मिन्हा दिनु पर्ने भएमा स्थानीय निकायको सिफारिसमा परिषद्मा पेश गरी मिन्हा दिन सकिनेछ ।